Logo

१८ पुष, वीरगञ्ज । पर्सामा बोक्सीको आरोपमा एक दलित महिलालाई निर्घात कुटपिट गरिएको छ । बोक्सीको भन्दै पर्साको जगरनाथपुर गाउँपालिकाकी एक दलित महिलालाई निर्घात कुटपिट गरिएको हो। पर्साको जगरनाथपुर गाउँपालिका–३ खलुचडी बस्ने ६० बर्षिय दलित महिला सुदामा देबी चमईनलाई सोही स्थानका चार जना मिलेर निर्घात कुटपिट गरेका हुन ।

आईतबार राति सात बजेको समयमा आफनै घरमा बसि आगो तापेर बसिरहेका बेला सुदामा देबीलाई सोही स्थान बस्ने नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले मिलेर कुटपिट गरेको पिडीतका छोरा प्रभु महराले बताए । पहिले देखि आफनी आमालाई उनीहरुले बोक्सी हो भन्दै गाली, गलौज गर्दै आएको महराले बताए ।

आफु अँग्रेजी नयाँ बर्षको पिकनिकमा गएको बेलामा चारैजनाले मिलेर कुटपिट गरेको तथा मलमुत्र खुवाउने प्रयास गर्दा गाउँलेहरुको सहयोगमा उद्धार गरेको महराले जानकारी दिए ।कुटपिटबाट सुदामा देबीको घाँटी,हातखुटा लगायतमा चोट लागेको तथा उनको हाल वीरगञ्जको नारायणी अस्पतालमा उपचार भईरहेको परिवारजनले बताएका छन ।

कुटपिटमा सँलगन रहेका चारैजना बिरुद्ध प्रहरीमा उजुरी दिएको महराले बताए ।


सम्बन्धित समाचार