Logo

३० असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ५ वटा मोटरसाइकल सहित नियन्त्रणमा लिएको ३ जनालाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले विभिन्न मिति र समयमा पक्राउ परेका तीनजनालाई आज चोरीको मोटरसाईकल सहित सार्वजनिक गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार पक्राउ पर्नेहरुमा पर्सागढी न.पा.वडा नं. ९, कोइलाभार बस्ने वर्ष २१ को सिदार्थ कुमार चौधरी, वडा नं. ८ बस्ने बर्ष २४ को विशाल दास थारु र वडा नं. २ बस्ने बर्ष ३० का पृतम कुमार महतो रहेका छन् ।

पक्राउ परेका मध्य सिदार्थ कुमार चौधरीलाई चोरीको मोटरसाईकल चलाईरहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा उनको बयानका आधारमा अरु दुईजनालाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।

मोटरसाईकल चोरी भएको निवेदनहरु आएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शुरु गरेको खोजतलासका क्रममा मोटरसाईकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट अन्य ४ वटा मोटरसाईकल पनि बरामद गरेको छ । उनीहरूविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भारतीले बताए ।


सम्बन्धित समाचार