Logo

१ कात्र्तिक, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको टिकट विक्रीको २० प्रतिशत रकम राष्ट्रिय महिला फुटबल टोलीलाई दिने घोषणा गरेको‌ छ। साफ सुरु हुनुअघि नै महिला टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको हो ।

८० लाख रुपैयाँमा एन्फाले माउन्टेन एभरेष्ट स्पोर्टस एन्ड इभेन्टस प्रालिलाई टिकट विक्रीको जिम्मेवारी दिनेको सम्झौता गरिसकेकोले टोलीले १६ लाख रुपैयाँ पाउने पक्का भएको छ।

साफ च्याम्पियनसिपको सहभागी नेपाली महिला टोलीलाई युनिलिभर नेपालले ट्राभल किट्स प्रदान गर्न बुधवार आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टिकट विक्रीको २० प्रतिशत रकम दिने घोषणा गरेका हुन्। उनले नेपाल यसपटक उपाधि घरमै राख्ने आफूहरु आशावादी रहेको बताए ।

नेपालसहित दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। पाकिस्तान र भारतबीच उद्घाटन खेल हुनेछ । त्यो समूहमा अर्को टोली बंगालादेश रहेको छ।

साफको  समूह ‘बी’मा आयोजक नेपाल सहित माल्दिभ्स, भुटान र श्रीलंका छन् । नेपालले शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ।
नेपालले लगातार तेस्रो पटक साफ च्याम्पियनसिप आयोजना गर्दैछ।

सन् २०१९ मा विराटनगर र गतवर्ष काठमाडौंमा आयोजना भएको थियो। त्यसमा नेपाललाई हराउँदै बंगालादेश पहिलो पटक च्याम्पियन बनेको थियो।
एउटा बाहेक सबै संस्करण फाइनल खेलेको नेपाली टोली अहिलेसम्म च्याम्पियन बनेको छैन।च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोली सोमवार घोषणा भएको थियो।

नेपाली महिला फुटबल टोली

एन्जिला तुम्बापो सुब्बा (कप्तान) , अन्जना राना मगर, उषा नाथ, गीता राना, अमृता जैशी, समीक्षा घिमिरे, निशा थोकर, पुजा राना, विमला विक, हिरा कुमारी भुजेल, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, अनिता केसी,सजनी थोकर।


सम्बन्धित समाचार