Logo

१ कात्तिक,बारा । बाराको साझेदारी बन क्षेत्रबाट दुई वटा टेम्पुमा लोड गरिएको दाउरा नियन्त्रणमा लिएको छ ।

गढीमाई साझेदारी बन समुह ,पथलैयाको बन क्षेत्रबाट ब्यवसायीक प्रायोजनकोलागि टेम्पुमा दाउरा लोड गरि लैजादैँ गरेको अवस्थामा नियन्त्रणमा लिएको सब डिभिजन बन कार्यालय पथलैयाका साहयक बन अधिकृत ललन राउतले जानकारी दिए ।

दाउरा लोड गरी लैजानेहरु आफनो दैनिक जीवनपानकोलागि दाउरा बिक्रि गरेर गुजारा गर्ने मानिसहरु रहेका छन् । नियन्त्रणमा लिएको टेम्पु र दाउरालाई सब डिभिजन बन कार्यालय पथलैयाको नियन्त्रणमा राखिएको उनले बताए ।

चाड ,पर्ब लक्षित गस्तीलाई तिब्रता दिने क्रममा टेम्पु सहितको दाउरा नियन्त्रणमा लिएको डिभिजनल बन अधिकृत राजिब कुमार झाले जानकारी दिए । नियन्त्रणमा लिएको टेम्पु र दाउरा सम्बन्धमा अनुसन्धान भईरहेको उनले बताए ।


सम्बन्धित समाचार