Logo

२ कात्तिक, काठमाडौँ । सरकारले गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण संकटग्रस्त क्षेत्र घोषित स्थानीय तहलाई तीन समूहमा वर्गीकरण गरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म राहत रकम दिने भएको छ ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार बसेको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका २० जिल्लाका ७१ स्थानीय तहलाई तीन समूहमा वर्गीकरण गरेको छ ।

पहिलो समूहमा परेका ९ स्थानीय तहलाई १ करोड, दोस्रो समूहमा परेका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो समूहमा परेका ५० स्थानीय तहलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको प्राधिकरणका सहसचिव बसन्त आचार्यले जानकारी बताए ।

यस्तै मनसुन भित्रिएपछिका विपद्जन्य घटनामा मृत्यु भएका परिवारका एक जना सदस्यको सरकारले बीमा गर्न पनि प्राधिकरणले सिफारिस गरेको छ ।

२०८१ जेठ २८ देखि असोज २६ सम्ममा विपद्जन्य घटनामा मृत्यु भएका परिवारका एक जना सदस्यको बीमा गर्न सिफारिस गर्ने निर्णय गरिएको हो ।


सम्बन्धित समाचार