Logo

७ कात्तिक,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढीको सामान लोड रहेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वशेष सूचनाको आधारमा गएराति साढे १० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर चोकबाट बिल विजक भन्दा बढी सामान लोड गरेको आशंकामा ना.३ ख ५१८७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा लोड रहेको विल विजक भन्दा बढीका लत्ताकपडा तथा औषधीहरु लोड गरी वीरगञ्जबाट कास्कीतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको मालबाहक ट्रकमा रहेको अन्दाजी १ करोड १४ लाख ५१ हजार ८ सय ३३ बराबरका लत्ताकपडा तथा औषधीहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार