Logo

१६ कात्तिक,काठमाडौं । हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गर्दै अपनाएको युद्ध रणनीति जारी राख्ने बताएका छन् ।

आफ्नो कार्यक्रम राजनीतिक, जिहादी, सामाजिक र सांस्कृतिक सबै क्षेत्रहरूमा सैयद हसन नसरल्लाहको कार्यक्रमको निरन्तरता रहेको बताए । कासिमले हिजबुल्लाहको नयाँ महासचिवको रूपमा आफ्नो नियुक्तिपछि आफ्नो पहिलो टेलिभिजन भाषणमा उक्त टिप्पणी गरेका हुन् ।

कासिमले गाजा क्षेत्रमा इजरायलले निम्त्याएको खतराको सामना गर्न गाजालाई समर्थन गर्न आवश्यक रहेकोमा जोड दिए । सिन्ह्वा


सम्बन्धित समाचार