१९ कात्तिक,काठमाडौं । भारतीय वायुसेनाको लडाकु विमान मिग–२९ उत्तर प्रदेशको आगरा नजिक दुर्घटनाग्रस्त भएको छ ।
पञ्जाबको आदमपुर एयरबेसबाट उडान भरेको केही समयमै विमान आगरानजिक दुर्घटनाग्रस्त भएको हो ।प्रारम्भिक विवरणअनुसार विमानमा रहेका पाइलट भने दुर्घटनाअघि नै ककपिटबाट इजेक्ट गरेर बाहिरिन सफल भएका थिए ।
दुर्घटनाको विस्तृत विवरण कारणबारे थप जानकारी आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुर्घटना विमानको प्राविधिक गडबडीका कारण भएको हुनसक्ने भारतीय अधिकारीहरूले अनुमान गरेका छन् । भारतीय वायुसेनाले दुर्घटनाको तुरुन्तै जाँच गर्न आदेश दिएको छ ।
दुर्घटनापछि वायुसेनाको एक विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेको छ । भारतको वायुसेनामा मिग–२९ लडाकु विमान लामो समयदेखि प्रयोग हुँदै आएको छ ।
पछिल्लो समय धेरै प्राविधिक समस्या देखिन थालेपछि भारतले यस विमानको प्रयोग कम गरिरहेको थियो ।