Logo

२६ कात्तिक,काठमाडौं । उद्धारकर्ता र अधिकारीहरूले उत्तरी लेबनान र गाजामा इजरायली आक्रमणमा धेरै बालबालिकासहित दर्जनौंको मृत्यु भएको बताएका छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी बेरुतको उत्तरमा रहेको बाइब्लोसको अल्माट नजिकै भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात बालबालिका पनि छन् ।
उद्धारकर्मीहरूले भग्नावशेषभित्र रहेका मानिसको खोजी गरिरहेको मन्त्रालयले जनाएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफा र गाजामा हमास नियन्त्रित सिभिल डिफेन्स एजेन्सीले जबलियाको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा १३ बालबालिका रहेको सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानमा भएको आक्रमणको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन। यद्यपि, सेनाले गाजाको जबलियामा आक्रमण गरेको क्षेत्रमा “आतंकवादी सक्रिय” रहेको बताएको छ।

इजरायली सेनाले सामान्य जनतालाई न्यूनतम क्षति पु¥याउन आवश्यक कदम चालिएको बताएको छ। यस आक्रमणसँग सम्बन्धित विवरणहरूको समीक्षा भइरहेको थियो।


सम्बन्धित समाचार