३० कात्तिक,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा सडक ढलानको शिलान्यास गरिएको छ । गाउँको भित्री सडक ढलानको शुक्रबार शिलान्यास भएको हो ।
जीराभावानी गाउँपालिका वडा नम्बर–१ महादेवपट्टीमा प्रदेशसभा सदस्य शंकर प्रसाद चौधरीले शुक्रबार एक कार्यक्रमको बीचगाउँपालिका स्तरीय बजेटबाट ९० फिट लम्बाई गाउँको भित्री सडक ढलानको शिलान्यास गरेका छन् ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, नेपाली काङ्ग्रेसका गाउँपालिका सभापति मनमोहन चौधरी लगायत स्थानीयवासीहरुको सहभागिता रहेको थियो।