Logo

४ मंसिर, वीरगञ्ज । वीरगञ्जमा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको खेलमा अग्नी ग्रुप विजयी भएको छ । ६४ रनको लक्ष्य पछ्याएको सुप्रीमले लक्ष्य पुरा गर्न नसक्दा ११ रनले अग्नी विजयी भएको हो ।

खेलको म्यान अफ दी म्याच अग्नीका बिक्रम घोषित भए । प्रतियोगिता अन्र्तगत भोली समूह डीको अग्नी ग्रुप र ओम्नी ग्रुप बिच खेल हुने लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा वीरगन्जका वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागीता रहेको आयोजकले जनाएको छ ।


सम्बन्धित समाचार