७ मंसिर, वीरगञ्ज । वीरगञ्जमा जारी पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा आजबाट समूह ‘सी’ को खेल शुरु भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालामा आज विहान समुह सीका क्वेस्ट फर्मास्युटीकल्स र नेपाल टेलिकम बिच प्रतिस्पर्धा हुँदा क्वेस्टले जित हासिल गरेको छ ।
क्वेस्टले टस जितर पहिला फिल्डिङ्ग रोजेको थियो । पहिला ब्याटिङ्गको निम्तो पाएको नेपाल टेलिकमले निर्धारित ६ ओभर खेल्दै ५४ रन बनायो । ५५ रनको लक्ष्यका साथ मैदानमा उत्रको क्वेस्टले सजिलै लक्ष्य पुरा गरी जित हासिल गर्यो । आजको खेलमा क्वेस्टका प्रवल कसाजु मैन अफ दी म्याच घोषित भए ।
यसैविच प्रतियोगिताका लागि सलिको ईन्स्युरेन्स कम्पनीले खेलाडीहरुलाई १ लाखको स्वास्थ्य विमा गरेको लायन्स क्लब अफ वीरगञ्ज परिवारका उपाध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए । खेलमा चोटपटक लागेको खण्डमा प्रभु हस्पिटल वीरगञ्जले समेत उपचार सेवा उपलब्ध गराएको छ ।
वीरगञ्जमा रहेका बाणिज्य बैंक, विकास बैंक, वीमा कम्पनी र औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिमको सहभागिता रहेको वीरगन्ज स्पोर्ट्स एकेडेमीका संयोजक बैकुण्ठ श्रीवास्तवले जानकारी दिए ।