Logo

११ मंसिर,काठमाडौं । श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालत अगाडिको बोर्डमा कालो रङ्ग छ्यापेर विरोध प्रदर्शन गरेकी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई सिंहदरबार वृत्तमा लगिएको छ।

यादवसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएकोमा अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनी आन्दोलित थिइन् ।


सम्बन्धित समाचार