१५ मंसिर,वीरगञ्ज । रेडियो वीरगञ्ज ९९ मेगाहर्ज २२ वर्ष पुरा गरी २३ औँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा २२ महिला र १ सय ९९ पुरुष सहित कुल २ सय २१ जनाले रक्तदान गरेका छन् ।
रेडियो परिसरमा आयोजना गरिएको कार्यक्रममा २२ महिला सहित २२१ ज्नाले रक्तदान गरेका हुन् ।
रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महावाणिज्य दुतावासका वाणिज्यदूत देवी सहाय मीणा, तरुण कुमार, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाकी उपसभापति मधु राणा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, राष्ट्रिय सहकारी महासंघका सदस्य शम्भु गुप्ता, तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो ।
यस्तै रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, युनाइटेड वीरगञ्ज र रोट्रयाक्ट क्लब अफ सिमरा बाराको संयुक्त आयोजनामा भएको कार्यक्रममा ८ महिला सहित ५० जनाले रक्तदान गरेका छन् ।
वीरगञ्जको माईस्थान मन्दिर अगाडिको पार्कमा आयोजनामा भएको कार्यक्रममा रक्तदान गर्नेहरूमा कविता चौधरी, विद्या भारती, पुष्पलता थापा, रिया गुप्ता, राजकुमार चौधरी, दिपु वर्णवाल, मनोज वर्णवाल, बिकी शर्मा, रवि कुमार, सरोजकुमार माझी, विजयकुमार साह, पप्पु पण्डित कुम्हाल लगायतले रहेका छन् ।
रक्तदान कार्यक्रममा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष दिपु वर्णवाल र युनाइटेड वीरगञ्जका अध्यक्ष सौरभ बर्नवालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राम विनय यादव, सचिव आनन्द कुमार साह, राजकुमार साह, कमल चौगाईं लगायतको उपस्थिति रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी, रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता र वीरगञ्ज रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।