१८ मंसिर, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ल्याब इन्फर्मेसन सेन्टर सञ्चालनको तयारी थालिएको छ । उपचारका लागि आउने सेवाग्राहीलाई सहज गराउने उद्देश्यले काउन्टरलाई व्यवस्थित गर्दै ल्याब इन्फर्मेसन सेन्टर संचालन गर्ने जनाएको छ ।
केही समयभित्रै ल्याब इन्फर्मेसन सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । अहिलेसम्म म्यानुअलबाट नै ल्याबको सूचना दिँदै आइरहेकोमा अब ल्याब इन्फर्मेसन सेन्टरबाट सूचना पाईने भएको छ ।
जीर्ण भवन र जनशक्ति अभावको समस्या खेप्दै आएको अस्पताललाई व्यवस्थित रूपमा सञ्चालनका लागि पाँच सय शय्यामा स्तरोन्नति गरेर व्यवस्थित गर्न गुुरुयोजनाको काम अघि बढाइएको समेत उनले जानकारी दिए ।