Logo

२० मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले हुने खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टस जितेसँगै जनकपुरका कप्तान अनिल साहले पहिले बलिङ गर्ने निर्णय लिँदै पोखरालाई ब्याटिङको निम्तो दिएका छन् ।

यसअघि दुई खेल खेलिसकेको जनकपुर बोल्ट्सले पहिलो खेलमा विराटनगर किङ्स र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले पराजित गरेको थियो । दुई खेल जितेको जनकपुर बोल्ट्स उच्च मनोवलका साथ मैदानमा उत्रँदै छ । आजको खेलमा पोखरालाई पराजित गर्दै जितको ह्याट्रिक निकाल्ने दाउमा जनकपुर रहनेछ ।

उता, यसअघिको खेलमा पराजय व्यहोरेको पोखरा भने आफ्नो पहिलो जितको खोजीमा जनकपुरविरुद्ध मैदानमा उत्रनेछ । पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनको पराजय व्यहोरेको पोखरा आज पोखरालाई पराजित गर्दै जितको खाता खोल्ने ध्याउन्नमा मैदानमा उत्रँदै छ ।


सम्बन्धित समाचार