२१ मंसिर,काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो जीत हात पारेको छ । शुक्रबार बिहान चितवन राइनोजलाई सात विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो ।
चितवनले दिएको १३० रनको लक्ष्य कर्णालीले अन्तिम ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो ।अन्तिम ओभरमा कर्णालीलाई जितका लागि ९ रन चाहिएको थियो । तर, एक बलअघि नै कर्णालीले लक्ष्य पूरा गरेको हो । कर्णालीका शिखर धवनले सर्वाधिक ४५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको थियो ।
चितवनका लागि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । चितवनले पहिलो दुवै खेल जितेको थियो भने कर्णालीले पहिलो दुवै खेल हारेको थियो ।
चितवनले यसअघिका खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो । याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।