२५ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको छ ।
कीर्तिपुर स्थित त्रि.वि क्रिकेट मैदानमा जारी खेलमा जितका लागि पोखराले दिएको १ सय ४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १६.३ ओभरमा अलआउट हुँदै १ सय ३ रन मात्र बनाएको थियो ।
यसअघिका खेलमा कर्णालीले चितवनलाई ६ विकेटले र चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो । आज भएको खेलमा पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीले तेस्रो जित हात पारेको हो।