१ पुष, वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) मा १०२ रनको लक्ष्य सहित सुदूरपश्चिम ब्याटिङ गर्दैछ । ताजा अवस्थामा सुदूरपश्चिमले ८.३ ओभर खेल्दा ३ विकेट गुमाएर ४० रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा एक सय एक रन बनाएर अल आउट भयो । सुदूरपश्चिमलाई कर्णालीले एक सय दुई रनको लक्ष्य दिएको छ । कर्णालीका जिसन मक्सुदले सर्वाधिक ३० रन बनाए ।
यस्तै विलियम बोसिस्टोले १६ र बाबर हयातले १३ रन जोडे । सुदूरपश्चिमका हर्मित सिंहले तीन विकेट लिए । यस्तै स्कट कुज्जेलेजन र कप्तान दिपेन्द्र सिंंह ऐरिले समान दुई विकेट लिए ।