![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/12/470230036_900346705586717_7329967912501059335_n.jpg?fit=1384%2C738&ssl=1)
२ पुष,काठमाण्डौ । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।
मलेसियाको क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । नेपालकी कप्तान पूजा महतोले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसोदियाले ४ विकेट लिइन् ।
नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा प्रवेश गरिसकेको छ । भारत पनि पाकिस्तानलाई हराउँदै ’सुपर–४’ मा पुगिसकेको छ । पाकिस्तान लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ ।
विश्वकपमा छनोट भएको नेपाली टोली १९ वर्षमुनिको एशिया कपमा स्वतः छनोट भएको हो । १९ वर्षमुनिको महिला विश्वकप आउँदो वर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । महिला एशिया कप पहिलो पटक आयोजना भइरहेको हो ।