Logo

२६ पुस, पचगावाँ पर्सा । यस बर्ष पर्साका विभिन्न पालिकामा अवैध गाँजा र अफिम खेती करिव ३ सयको क्षेत्रफलमा लगाएको छ ।

इलका प्रहरी कार्यालय एकटांगाबाट खटिएको प्रहरी टोलीले सखुवाप्रसौनी गाउँपालिका–१ स्थित दोहरी टोलमा लगाईएको प्रतिबन्धित लागुऔषध अफिम प्रहरीले फडानी गरेको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय एकटाङगाबाट खटिएको प्रहरीको टोलीले अफिमको बोटहरु फाडेको हो ।

करिब २ कठ्ठा क्षेत्रफलमा लगाईएको प्रतिबन्धित लागुऔषध अफिम प्रहरी नायव निरिक्षक रविन्द्र खड्काको नेतृत्वको टोलीले फडानी गरी नष्ट पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका तत्कालीन एसपी रमेश बस्नेतको समयमा लगाइएको गाँजा र अफिम खेती अहिले प्रहरीले नष्ट गर्न थालेको हो । पर्सामा करिव ३ सय विघा जमिनमा गाँजा र अफिम खेती गरिएको अनुमान सुरक्षा निकायले नै गरेको छ ।

तत्कालीन प्रहरी प्रमुखको समयमा लगाइएको गाँजा र अफिम खेती पर्सामा नयाँ आएका प्रहरी उपरिक्षक कोमल शाहको निर्देशनमा नष्ट गर्न लागिएको प्रहरीले जनाएको छ । पर्सामा १४ बर्ष पछि गाँजा र अफिम ठूलो परिणाममा लगाइएको अनुमान गरिएको छ । तत्कालीन एसपी रमेश खरेलको समय देखि पर्सामा गाँजा र अफिम खेती नष्ट गरिएको थियो ।

पर्सामा प्रहरी प्रमुखको रुपमा रमेश बस्नेत आएपछि नै नाकाहरुबाट चोरी पैठारी र अवैध गाँजा खेती लगाइएको प्रहरी स्रोतले जनाएको छ ।

 


सम्बन्धित समाचार