८ पुष, चितवन । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगाले लागेर एक जनाको ज्यान गएको छ ।
स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा सिमलको रुखको हाँगा भाँचिएर लाग्दा ५२ वर्षीय महादेव प्रजाको ज्यान गएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।
राक्सिराङ–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै ज्यान गएको हो ।