Logo

९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं प्रभावशाली नेता विष्णुप्रसाद पौडेलको गिरफ्तारीसँगै मुलुकको राजनीतिमा हलचल मच्चिएको छ ।

सम्पत्ति शुद्धीकरणको अभियोगमा पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट नियन्त्रणमा लिएपछि त्यसको राजनीतिक प्रभाव र आगामी रणनीतिबारे ठोस धारणा बनाउन एमालेले आज मङ्गलबार पार्टीका दुई महत्त्वपूर्ण संरचनाहरूको बैठक बोलाएको छ ।

पार्टीका प्रमुख सचेतक ऐन महरका अनुसार, समसामयिक राजनीतिक परिस्थिति र पौडेल पक्राउ प्रकरणमाथि केन्द्रित रहेर छलफल गर्न आज दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संसदीय दलको बैठक आह्वान गरिएको छ ।

यसैगरी, साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाइएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने उक्त सचिवालय बैठकले पौडेलको गिरफ्तारीविरुद्ध चाल्नुपर्ने राजनीतिक कदम र भावी कार्यदिशाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

पार्टीले उपाध्यक्ष पौडेलको पक्राउलाई राजनीतिक प्रतिवादको विषय बनाउने सङ्केत गरिसकेको छ ।


सम्बन्धित समाचार
भर्खरै