Logo

८ पुष, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । हिजो क्लासिक ब्यान्क्वेटको सभाहलमा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको प्रथम जिल्ला भेला सम्पन्न भएको हो ।

भेलाले हरि पन्तलाइ सभापतिमा निर्विरोध निर्वाचित गर्दै आठ सदस्यीय जिल्ला समिति पनि निर्विरोध निर्वाचित गरेको छ । केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा सप्पन्न जिल्ला भेलामा निर्बाचित समिती सदस्यलाई उपसभापति वाग्लेले सपथ ग्रहण गराउदै शुभकामना समेत दिएका थिए ।

उक्त भेलाले उपसभापतिमा तुल्सा पैडेल सचीवमा सुदिश प्रजापति ,सहसचिवमा कृष्ण पासवान सदस्यहरुमा दिलिप कुर्मी ,पुर्ण सापकोटा ,सुरेश यादब र प्रियन्का पटेल लाई समेत निर्बिरोध चुनेको हो । सभापति पन्त यस अघि जेष्ठमा रास्वपा मधेस प्रदेशद्वारा पर्साको जिल्ला संयोजक चुनिएका थिए ।


सम्बन्धित समाचार