Logo

१२ पुष, काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले भारतीय ब्याटर विराट कोहलीलाई म्याच फिको २० प्रतिशत जरिवाना लगाएको छ । यससँगै उनको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइन्ट अर्थात् अयोग्यता अङ्ग पनि थपिएको छ ।

मेलबर्नमा भइरहेको चौथो टेस्टको पहिलो दिन १०औं ओभरपछि कोहलीले जानीजानी अस्ट्रेलियाबाट पहिलो खेल खेलेका १९ वर्षका ब्याटर साम कोनस्टासलाई धकेलेका थिए । कोहलीले धकेलेपछि कोन्स्टासले तुरुन्तै उनीप्रति हेर्दै जवाफ फर्काएका थिए ।

त्यसपछि अर्का ओपनगर उस्मान ख्वाजा र अम्पायर माइकल गफले झगडालाई कम गराएका थिए । अष्ट्रेलियाका खेलाडी कोनस्टासले लगातार छक्का हानेर छिटो छिटो रन बनाएपछि भारतीय खेलाडी आक्रोसित भएका थिए ।

बुमराहविरुद्ध ३३ बलमा ३४ र मोहम्मद सिराजविरुद्ध १९ बलमा २० रन बनाएका कोन्स्टासले छ चौका र दुई छक्कासहित ६५ रन बनाएर आउट भएका छन् ।


सम्बन्धित समाचार