Logo

तस्बिर : रासस

३० पुस,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकार विस्तार र सभामुखको चुनावका विषयमा छलफल भएको छ ।

प्रमुख सत्ता साझेदार दलहरुबीच भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यस्तै प्रदेश सरकारले पनि पूर्णता पाएका छैनन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकार विस्तार, सभामुखको चुनावलगायत विषयमा उहाँहरुबीच परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रचण्ड गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यही दिन उहाँले सानो आकारको मन्त्रिमण्डल बनाउनुभएको थियो । प्रतिनिधि सभाका सभामुखको चुनाव आउँदो बिहीवारका लागि तय गरिएको छ ।

सत्ता गठबन्धनमा प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा नै सभामुख एमालेले पाउने सहमति छ । तर कांग्रेसले पनि सभामुखमा उम्मेदवारीबारे छलफल सुरु गरेको छ । कांग्रेसले छलफल थालेसँगै प्रचण्ड र ओलीबीच यसबारेमा छलफल भएको हो ।


सम्बन्धित समाचार