Logo

३० पुस,पचगावाँ । पर्सा प्रहरीले तस्करीको गिट्टी बालुवा ढुवानी गर्ने पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पर्साको छुट्टाछुट्टै स्थानबाट पाँच वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोलीले पटेर्वासुगौली गाउँपालिका अन्तर्गत पर्ने गादी खोलाबाट विहान ११ः३० बजेको समयमा बालुवा लिएर जाँदै गरेको अनटेस्ट नम्बर प्लेट भएको ट्याक्टर सहित चालक पटेर्वासुगौली गाउँपालिका २ मकवानीटोलका रोहबर माझीलाई पक्राउ गरेको छ ।

यस्तै शनिबार विहान ११ बजे वीरगन्ज महानगरपालिका अन्तर्गत पर्ने भेडाहा खोलाबाट विरगन्ज प्रहरी चौकी मिलनचोकको टोलीले बालुवा लोड गरि जाँदै गरेका ना ४ त २५२९ र ना ६ त १७५९ नम्बरका दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने ओरिया खोलाबाट पनि शनिबार नै प्रहरीले गिट्टी बालुवा लोड गरिएका ना ७ त ८५८ र ना ७ त ५५७९ नम्बरका दुइ वटा ट्याक्टर इलाका प्रहरी कार्याालय सेढवाले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार