Logo

२७ पुष,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन्। शुक्रबार पोखराबाट काठमाडौं पुगेका रवि आइतबार काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी हुन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लामिछानेसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकेको छ। उनी भोलि बयानका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने छन्।

कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी मुद्दामा उनी बिहीबार ६५ लाख धरौटीमा रिहा भएका थिए। लामिछानेविरुद्ध पर्सा, रुपन्देही र चितवनमा पनि सहकारी ठगी मुद्दा छ।


सम्बन्धित समाचार