२ माघ,वीरगञ्ज । स्थानीय तहको उदासिनताका कारण विपद जोखिम न्यूनीकरण प्रभावकारी नभएको औल्याईएको छ । २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा विपद जोखिम न्यूनीकरणमा स्थानीय तहको सरकारको भूमिका प्रभावकारी नदेखिएको सहभागी सरोकारवालाहरुले औंल्याईएका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भवन निर्माण मापदण्डहरुको प्रभावकारी कार्यान्वयन गर्नुभन्दा पनि लागत खर्च सस्तो खोजेर भवन निर्माण गर्ने गर्दा पनि भूकम्पीय जोखिम हुने गरेको बताएका छन् । सहभागीहरुले विपद जोखिम न्यूनीकरणका लागि पूर्व तयारी, सावधानी, रातह उद्दारमा स्थानीय तहको सरकारले देखाउनुपर्ने सक्रियता कम हुँदा जनधनको क्षति हुने गरेको बताए ।
विपद आउने समयमा पनि सावधानी नपाउने नेपाली समाजको प्रवृत्ति रहेको बताउदै उहाँले राहत उद्दारका लागि पनि कानूनी झमेला बढी रहेको सहभागीहरुको भनाई थियो । भौगोलिक कठिनाई, नागरिकको चेतनामा कमी तथा अन्य विविध कारणले पनि विपद जोखिम न्यूनीकरण तथा व्यावस्थापनमा चुनौतीहरु ह्ुने गरेको बताए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, सरकारी कार्यालयका प्रमुखहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।