२५ माघ, कैलाली। कैलाली जिल्लाको गोदावरी स्थित एक घरमा आमा–छोरी मृत फेला परेका छन् गोदावरी नगरपालिका वडा नम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराले जानकारी दिए ।
उनका अनुसार अन्दाजी २३,२४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ सात बजेको समयमा मृत फेला परेका हुन् । चारकोठे टिनको छानो भएको घरमा उनीहरू भेटिएका हुन्’डीएसपी बोहराको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















