![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/death-_baalak.jpg?fit=1200%2C621&ssl=1)
२६ माघ, वीरगञ्ज । बाराको जीतपुरसिमराबाट हराइरहेका ३ वर्षिय बालक आज मृत फेला परेका छन् । १० दिनदेखि मामाघर अगाडिबाट बेपत्ता भएका अंश चौधरी आज दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३२ र बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को सीमा टेढाको कियासोती खोलामा बालक चौधरीको शव आज दिउँसो फेला परेको हो ।
इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक (डिएसपी) शुभद्रा लामाका अनुसार हुलिया र अवस्थाले बालक चौधरीकै शव हो तर पुष्टि गर्ने काम अझ भइरहेको छ ।
गएको माघ १७ गते जीतपुरसिमराबाट बालक अंश चौधरी बेपत्ता भएका थिए । सिमरास्थित मामाघर आएका तीन वर्षीय बालक रन्जित जैसवालको घर अगाडिबाट बेपत्ता भएका थिए । उनी रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका छोरा हुन् । मृत फेला परेका बालकको घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।
फेला परेको घटनास्थलको मुचुल्का तथा अन्य अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।