![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/WhatsApp-Image-2025-02-08-at-17.13.01-1.jpeg?fit=1600%2C1188&ssl=1)
२६ माघ, वीरगञ्ज । रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा रोटरी मैत्री क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। महिलातर्फकाे प्रतियोगितामा विभिन्न क्लबका टोलीहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको पहिलो खेल रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिस बीच भएको थियाे । पाँच ओभरको खेलमा रोटरी क्लब अफ वीरगञ्ज ले २८ रनको अन्तरले जीत हासिल गर्याे ।
पुरुषतर्फकाे खेलमा रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ युनाइटेड वीरगञ्जले संयुक्त रूपमा रोट्रयाक्ट क्लब अफ वीरगन्ज र रोट्रयाक्ट क्लब अफ शंकराचार्यलाई पराजित गर्यो । ९ ओभरको खेलमा युनाईटेडले ७५ रनको फराकिलो जीत निकाल्याे ।
त्यस्तै पुरुषतर्फको तेस्रो खेलमा रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिस र रोटरी क्लब अफ वीरगन्ज बीच सम्पन्न भयो। यस खेलमा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस ले ९ ओभरमा ८२ रनको विशाल अन्तरले जित दर्ता गर्यो ।
प्रतियोगिताले क्लबहरूबीच आपसी भाइचाराको सम्बन्ध थप मजबुत बनाएको रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष अनिल जैसवालले बताए ।