Logo

२६ माघ, सेढवा (पर्सा) । पर्साका विभिन्न समूदायको परम्परागत बाजागाजा लोप हुदै गएका छन् । आदिवासी जनजातिमा पर्ने थारु, तामाङ, नेवार तथा मधेशी समूदायका परम्परागत बाजागाजा लोप हुँदै गईरहेको हो ।

आदिवासी समुदायका परम्परागत संस्कृति बाजागाजा अन्तर्गतका मानर, डम्फू, हेला खुर्दुक, ढाक तासा, धुतुवा, बाँसुरी लगायतका बाजाहरु लोप हुने अवस्थामा पुगेका छन् । थारु कल्याणकारिणी समितिका केन्द्रीय सदस्य वृजमोहन चौधरीका अनुसार बिगतमा समुदायमा बिवाह तथा अन्य खुसीका समयमा यो बाजाहरु बजाई रमाइलो गर्ने परम्परा थियो ।

प्रत्येक गाउटोलमा यी बाजा बजाउने सिप भएका ब्यक्तिहरुलाई समाजमा जिम्मेवारी नै दिई मिलाएर बसाई गर्न लगाएका केन्द्रीय सदस्य चौधरीले बताए । तर अहिले अधिकांश बाजा लोप भएको तर केहि स्थानमा ढाक तासा, हेला खुर्दुक बाजा अझै समाजमा रहेका चौधरीले बताए । यी बाजाहरु हराउँदै समूदायमा डि.जे, बैण्ड बाजा, सात सहेलिया लगायतका आधुनिक बाजा बजाउन प्रचलन बढेका छन् ।

त्यस्तै नेवार समुदायको परम्परागत बाजा धिने बाजा पर्साबाट पूर्ण रुपले बिस्तापित भएका ठोरी गाउपालिका वडा नं ४ बिजयबस्ती नेवार समूदायको अगुवा रामबहादुर श्रेष्ठले बताए । परम्परागत संस्कृति जोगाउन नेवार समूदायमा बिभिन्न संघसंस्था गठन भएपनि राजनीतिकका कारण पाटीगत संस्था भएको श्रेष्ठले बताए । देशमा संघियता आए पनि जनप्रतिनिधिहरु यसको संरक्षणका लागि केही नगरेको श्रेष्ठको आरोप छ ।

त्यस्तै तामाङ समुदायका अगुवा ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरका भिमबहादुर पाख्रिनले पश्चिमी सभ्यता हाम्रो नेपाली समुदायमा हाबी भएको बताए । तामाङ समूदायका परम्परागत बाजा डम्फू, मुचुङ्गा, टुना लगायतका बाजा लोप गएको पाख्रिनले बताए । बिवाह भोजमा समेत यी बाजाहरु प्रयोग नभएको र अकल झुकल रेकर्डिङ बजाउने गरिएको भेटिएको पाख्रिनले बताए ।

अहिले प्रयोगमा रहेका डि.जे, बैण्ड बाजा, ढोल तासा, सात सहेलियाँ लगायतका बाजामा ठूलो आवाजमा बजाईने हुँदा रोगी तथा वद्धबृद्धाहरुको स्वास्थ्यमा समस्या हुने गरेको छ । यसका साथै अहिलेका बाजाहरुमा अश्लील तथा भडकिलो गीत संगीतको बढि प्रयोग भएकाले समाजमा बिकृति समेत समाबेश भइरहेको बुद्धिजिवीहरुको भनाई छ । त्यस्तै क्षेत्री बहुन समुदायका परम्परागत बाजा पंचे बाजा तथा नरसिंह बाजा पनि लोप हुने अवस्थामा पुगेको छ ।

यस सम्बन्धमा पटेर्वासुगौली गाउँपालिका वडा नं २ वडाध्यक्ष बिजय गैरेका अनुसार पंचे बाजा र नरसिंहा बाजा हाल पनि संरक्षणमा रहेको दावी गरे । तर यी बाजाका लागि ठूलो रकम तिर्नुपर्ने भएका कारण सबैको पहँुचमा नरहेको उनले बताए । तराईमा बाहुन र क्षेत्रीको जनसंख्या न्यून भएकाले यसक्षेत्रमा खासै प्राथमिकता नराखिएका वडा अध्यक्ष गैरेको भनाई छ । पहाड तिर अहिले पनि यी परम्परागत बाजाका संरक्षणका लागि सामग्री तथा महिला दिदीबहिनीहरुलाई प्रशिक्षण दिने गरिएका वडाध्यक्ष गैरेले बताए ।

यसका लागि गाउँपालिकाले लगानी समेत गरेको उनको भनाई छ । यस सम्बन्धमा शिक्षक सेवा निवृत मधेशी मूलका छोटेलाल प्रसादका अनुसार प्रायस् अधिकांश समूदायका संस्कृति तथा परम्परा झल्काउने पहिचानहरु लोप हुदै गएका बताए।

मधेशी समुदायका कहि कहि सहनाई, ढाक तासा लगायतका बाता बिद्धमान रहेपनि प्रयोगमा नरहेको शिक्षक छोटेलाल प्रसादले बताए। बिवाह भोज तथा अन्य कार्यक्रममा यस्ता बाजाहरु प्रयोगमा ल्याउदा समुदायका अग्रजहरुले नै नाकारात्मक दृष्टिकोणले हेर्ने गरेको उनको बझाई रहेका छन।

यी परम्परागत बाजा बजाउन सिपालु रहेका कलाकारहरुलाई बिहाभोजमा लैजादा प्राश्रमिक एकदमै न्यून दिने गरेकाले पनि यी पेशामा नलागेका गुनासा गरेका छन। हेला खुर्दुक बजाउन कमतिमा पाच जना आवश्यक पर्ने गरेका र एक वटा बिहेमा जादा दुई दिन खर्चिनु पर्ने उनीहरुको भनाई रहेको छ। बाजा बजाए वापत पाच जनाको बीचमा साढे दुई या तीन हजार रुपैया पाउने गरेको उनीहरुको गुनासो छ। जब की एक जना समान्य ज्यामीको दैनिक ज्याला पाच सय रुपैया रहेका छन।


सम्बन्धित समाचार