Logo

२७ माघ, धनगढी । धनगढीमा एक किशोरीमाथि बलात्कार भएको छ । बाजुुराबाट अध्ययनका लागि धनगढी आएकी १४ वर्षीया किशोरीमाथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणीमा परेकी हुन् । प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे मारिदिने धम्की दिएका थिए ।

त्यसपछि उनी धनगढीकै १८ वर्षीय युवकसँगै उनको घर पुगेकी थिइन् । किशोरीमाथि घरमै जबरजस्तीकरणी गरेर युवक भागेका छन् । पीडित किशोरीले शनिबार मात्र प्रहरीलाई घटनाबारे खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले शनिबार साँझ मात्र किटानी जाहेरी प्राप्त भएको बताए ।

किशोरीलाई चक्कु देखाउँदै डर, त्रासमा पारेर घरमै लगेर जबरजस्तीकरण गर्ने युवकको खोजी भइरहेको डीएसपी बोहराले बताए । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।


सम्बन्धित समाचार