Logo

२८ माघ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा गम्भीर लापरबाही देखिएको छ ।

वीरगञ्ज महानगरपालिका– १६ नगवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भएको खोप कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालद्वारा गरिएको स्थलगत अनुगमनका क्रममा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालन नभएको, आवश्यक व्यवस्थापनमा लापरबाही गरिएको तथा सहभागी किशोरीहरूलाई खोपसम्बन्धी कुनै जानकारी नदिइएको पाइएको छ ।

खोप केन्द्रमा सरसफाइको अभाव रहेको, खोप उपकरणहरू जथाभाबी राखिएको, खोप पश्चात् किशोरीहरूलाई आराम गर्ने व्यवस्था मिलाइएको नदेखिएको र आवश्यक स्वास्थ्य सामग्रीहरू पनि पर्याप्त मात्रामा नरहेको अनुगमनका क्रममा भेटिएको सिडिओ अर्यालले बताए ।

उहाँका अनुसार, अनुगमनका क्रममा विद्यालयका विद्यार्थीहरूलाई खोप कार्यक्रममा सहभागीको रूपमा नाम दर्ता गराइएको, खोप लगाउनु अघि अनिवार्य परामर्श (काउन्सेलिङ) प्रदान नगरिएको र किशोरीहरूलाई खोपको प्रकृति, उपयोगिता तथा सम्भावित असरहरूबारे कुनै जानकारी समेत नदिइएको पाइएको थियो ।


सम्बन्धित समाचार