Logo

फाइल तस्बिर।

२९ माघ, वीरगञ्ज । सर्वाेच्च अदालतको फैसलासँगै विगत पाँच वर्षदेखि रोकिएको नारायणी अस्पतालको भवन निर्माणको उल्झन सल्टिएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र सुनिलकुमार पोखरेलको सोमबारको संयुक्त इजलासले यसअघि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले गरेको फैसलालाई उल्ट्याइदिएसँगै पाँच वर्षदेखि रोकिएको नारायणी अस्पताल भवन निर्माण नयाँ बाटोबाट प्रक्रिया बढ्ने आशा पलाएको छ ।

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले यसअघि अस्थायी इजलास वीरगञ्जको निर्माण कम्पनी एनडिइ/भ्याली कन्स्ट्रक्सन प्रालि (भिसीपिएल)/नेशनल डेभलपमेन्ट इन्जिनियरिङ (एसएसएनसी)पक्षको फैसला उल्ट्याइदिएसँगै भवन निर्माणसम्बन्धी विवाद टुङ्गोमा पुगेको जानकारी दिए ।

उच्चको फैसला उल्ट्याइदिएसँगै सोमबार बेलुका वीरगञ्जका नागरिक समाज तथा चिकित्सकले फैसलाको स्वागत गरेका छन् । यद्यपि सो मुद्दाको फैसलासम्बन्धी पूर्णपाठ आइसकेको छैन । नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा नीरज सिंहले सर्वाेच्च अदालतको फैसलाले नारायणी अस्पताल भवन निर्माण प्रक्रियाको बाटो खुलेको बताए ।


सम्बन्धित समाचार