![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/sunil-gupata-7.jpg?fit=1200%2C668&ssl=1)
२९ माघ,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दोषी ठहर भएका छन् । वडाध्यक्ष सुनिल गुप्ता अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका हुन् ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले यस्तो ठहर गरेको हो । न्यायधीहरु दुर्गा बहादुर विश्वकर्मा र मोहनराज भट्टराईको संयुक्त इजलासले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख, जीतपुरसिमरा–७ का वडा अध्यक्ष र वडा सचिव विपक्षी रहेको अवहेलना मुद्दामा फैसला सुनाएको हो ।
२०८१ असार २८ गते उच्च अदालतले एक व्यक्तिको जन्मदर्ता बनाउन आदेश दिएपनी वडा अध्यक्ष र सचिवले आदेशको अवहेलना गर्दै जन्मदर्ता नबनाएपछी उनीहरू विरूद्ध मुद्दा दर्ता भएको थियो ।
अदालतले अवहेलना मुद्दामा वडा अध्यक्ष गुप्ता र उनको वडाको सचिवलाई जनही २ हजार रूपैया जरिबाना गरेको हो ।