Logo

३० माघ,ठोरी । सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तर्गत पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) ठोरी गाउँपालिकामा लगाउन सुरु गरिएको छ । बुधबार पालिकाका ७ ओटा केन्द्रमा ४८३ किशोरीलाई खोप लगाइएको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनुभयो । स्वास्थ्य संयोजक थिङ्का अनुसार ठोरी १ र २ मा १÷१ ओटा केन्द्र , ३ र ४ वडामा २÷२ ओटा केन्द्र र वडा ५ मा एउटा केन्द्रमा खोप अभियान सन्चालन भएको हो ।

पालिकाभर कुल ६३७ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा बुधबार सो सङ्ख्यामा खोप लगाइएको हो । आज खोप लगाइएको विद्यालयमा छुटेका किशोरीलाई भोलि बिहिबार नजिकैको स्वास्थ्य संस्थामा र आज खोप सन्चालन नभएका आधारभुत र माध्यमिक तहका विद्यालयमा खोप केन्द्र सन्चालन गरेर सबै लक्षित किशोरीलाई खोप लगाइने संयोजक थिङ्ले बताए ।

ठोरीका विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षादेखि १० कक्षामा अध्ययनरत किशोरी र विद्यालयबाहिरका १० वर्षदेखि १४ वर्षका किशोरीलाई खोप लगाइने ठोरी गापा स्वास्थ्य शाखाले जानकारी दिएको छ । खोप अभियान सफल पार्न पालिकाले विद्यालयसंग समन्वय गरेर कार्यक्रम थालेको स्वास्थ्य शाखाले बताए ।


सम्बन्धित समाचार