Logo

१२ फागुन, सेढवा । पर्साको जगरनाथपुर गाँउपालिकाले नसर्ने रोगहरुको पहिचानका लागीे एक महिने अभियान सुरु गरेको छ । गाँउपालिकाले समुदायमा रहेका आमनागरिकहरुलाई घर दैलौमा गई बिभिन्न रोगको चेकजाच गर्ने अभियान शुरु गरेको हो ।

पालिकामा रहेका ६ वटा वडाका बिभिन्न टोलमा बसोबास गर्ने ३० बर्षभन्दा बढि उमेरका महिला र पुरुषको चेकजाचको अभियान एक महिनाको लागि शुरु गरेको स्वास्थ्य शाखाका प्रमुख परमेन्द्र साहले बताए।

समुदायमा रहेका सम्पूर्ण व्यक्तिहरुको तौल र उचाईका आधारमा बि एम आई निकाल्ने, रक्तचाप जाच गर्ने, रगतमा चिनीको मात्राको जाच गर्नुको साथै मृगौलाको जाच क्रेटिनाइनको निःशुल्क जाच भइरहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए।

आम नागरिकहरुको घरदैलोमा गई स्वास्थ्यकर्मीहरुले रगत संकलन गरी बीजबनिया स्थित जन स्वास्थ्य प्रयोगशालामा परिक्षण भइरहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए। यो अभियान फागुन २९ गतेसम्म प्रयोगशालामा पनि पूर्ण रुपमा निःशुल्क रुपमा प्रदान गरीर्ने साहले बताए ।

परिक्षणबाट फेला परेका मधुमेह तथा उच्च रक्तचाप रोगका औषधी स्वास्थ्य चौकीले निःशुल्क उपलब्ध गराउने स्वास्थ्य शाखाले जनाएको छ । साथै कतिपय दिर्धकालिन रोगको पहिचान भए रोगीले खानपान, आफ्ना दैनिक जीवनमा सुधार ल्याउने तथा सम्बन्धित चिकित्सकहरुसंग सम्पर्क गरी रोगीले आफै खर्च व्यवहर्ने साहले बताए। ।

तर समयमै रोगका बारेमा जानकारी प्राप्त भए समयमै उपचार गराउदा ठूलो समस्याबाट जोगिन सहज हुने स्थानीयले बताएका छन्।


सम्बन्धित समाचार