Logo

९ माघ, वीरगञ्ज । २२औं सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा सशस्त्र प्रहरीको मधेश प्रदेशको छिन्नमस्ता वाहिनी मुख्यालयले वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुबोधकुमार गुप्तालाई कदर पत्रद्वारा सम्मान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दीवास, महोत्तरीले एक कार्यक्रमको आयोजना गरी वाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरले वीरगञ्ज उद्योग वाणिज्य सङ्घले निस्वार्थ भावनाले गरेको सहयोगको कदर गर्दै सम्मान गर्नु भएको हो ।

सो अवसरमा सम्मान ग्रहण गर्दै डा. गुप्ताले पर्सा तथा बारा जिल्लामा अवस्थित वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु सशस्त प्रहरीको एक टोली औद्योगिक टास्क फोर्सका रुपमा कार्यरत रही कोरिडोरको शान्ति सुरक्षा तथा अमन चैनको वातावरण बनाउने कुरामा जोड दिनु भएको थियो ।

उहाँले उत्कृष्ट काम गरिरहेको र अहिले सरकारले उक्त टास्क फोर्सलाई हटाइएको र हटाएको टास्क फोस्सलाई पुनः बहाल गरी औद्योगिक कोरिडोरको शान्ति सुरक्षालाई पुनः निरन्तरताका लागि डिआईजी ठाडा मगरको ध्यानाकर्षण गराउनु भएको थियो ।

सशस्त्र प्रहरी नायब महानिरिक्षक ठाडा मगरले वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरको शान्ति सुरक्षा हेतु आफु तत्पर रहेको बताउँदै टास्क फोर्स पुनः गठनका लागि आवश्यक सल्लाह सुझाव हेतु मधेश प्रदेश छिन्नमस्ता वाहिनी सदैव साथमा रहने बताउनु भएको थियो ।

कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, कार्यसमिति सदस्य. सुरेश रुँगटा लगायतको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार