Logo

फाइल तस्विर

९ माघ, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन बन कार्यालय पर्साले सचेत रहन बन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ ।

पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा बाघ देखिएको हुँदा सर्वसाधरणलाई वन जंगलमा आफ्नो चौपाय लिएर नजान डिभिजन वन कार्यालय पर्साले सचेत गराएको हो ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजन वन अधिकृत सुवास चन्द्र दासका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या उल्लेख बृद्धि भएको र बस्ती आसपासको इलकामा बाघ बस्न थालेकोले बन जंगलको छेउछाउका वासिन्दालाई सचेत गर्न सूचना गरिएको छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा पाटेबाघ रहेको डिभिजन वन अधिकृत दासले बताए । उनका अनुसार केही दिन पहिला पर्सागढी नगरपालिका वडा नं. १ जमुना टोल निवासी ज्ञानमाया स्याङताङ्गको ३ वटा गाई बाघले खाइदिएको थियो ।

पाटेबाघको कारण घरपालुवा जनावर र मान्छेलाई समेत आक्रमण गर्न सक्ने भएकोले वन जंगल भित्र प्रवेश नगर्न र वस्तीमा समेत घरपालुवा जनावरलाई सुरक्षित राख्न वनजंगल आसपासका क्षेत्रमा बसोवास गर्ने जनतालाई सूचित गरिएको डिभिजन वन अधिकृत दासले बताए ।


सम्बन्धित समाचार