Logo

२१ फागुन,काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ । आज प्रतितोला सुनको मूल्य नौ सय र चाँदीको मूल्य १० ले बढेको हो ।

मङ्गलबार प्रतितोला एक लाख ६९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ७० हजार चार सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ११ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


सम्बन्धित समाचार