Logo

२२ फागुन,वीरगञ्ज । मच्छिन्द्र क्लब, वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगीताको फाईनलमा प्रवेश गरेको छ । आर्दशनगर रंगशलामा आज भएको खेलमा सहलेश फुटबल क्लब सिरहालाई ३–१ गोल अन्तरले पराजित गर्दै फाईनल खेलका लागि स्थान सुरक्षित गरेको हो ।

मच्छिन्द्रले अब उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्बलको सामना गर्नेछ । साविक विजेता नेपाल पुलिस क्लब हिजो भएको खेलमा वीरगन्ज युनाईटेडलाई हराएर वीरगञ्ज गोल्डकपको फाईनलमा प्रवेश गरेको थियो ।

मधेस प्रदेश कै सर्वाधिक धनराशी भएको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीले नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा नेपालका सात र भारतको एक गरी ८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगन्ज महानगरपालिका रहेको छ ।

यो पनि पढ्नुहोस् :-

साविक विजेता नेपाल पुलिस क्लब वीरगञ्ज गोल्डकपको फाईनलमा

दोश्रो वीरगञ्ज गोल्डकपमा आज वीरगञ्ज युनाईटेड र नेपाल पुलिस क्बल खेल्दै

दोश्रो वीरगञ्ज गोल्डकपको सेमीफाईनल समिकरण पूरा,मच्छिन्द्र फुटबल क्लब २–१ अन्तरले बिजयी

जारी दोस्रो वीरगञ्ज गोल्डकप : मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड क्बलबीच खेल हुँदै

वीरगञ्जमा जारी दोश्रो वीरगञ्ज गोल्डकपमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी

वीरगञ्ज गोल्डकप फुटबलमा सलेहस क्लब सिरहा टाईब्रेकरमा विजयी

वीरगञ्ज गोल्डकप स् आज सहलेश सिरहा र संकटा काठमाडौँबिच खेल हुँदै

गढवाललाई पराजित गर्दै,वीरगञ्ज युनाइटेड दोस्रो वीरगञ्ज गोल्डकपको सेमिफाइनलमा

मधेस प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप आजबाट सुरु

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगञ्ज गोल्डकप शनिबारदेखि हुने


सम्बन्धित समाचार