
२६ फागुन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रूपैयाँ जरिवाना बुझाएको छ ।
पोखराबाट काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपाको आह्वानमा आइतबार निकालिएको ¥यालीपछि महानगरले एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । आइतबार नै राप्रपालाई जरिवानाको पत्र काटिएको थियो ।
प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पु¥याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवानाको निर्णय गरेको थियो । महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगर कार्यालय, कमलादी पुगेर जरिवाना बुझाएका हुन् ।