Logo

२६ फागुन,वीरगञ्ज । केडिया आँखा अस्पतालले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा शारिरिक अपाङ्गता भएको १४ जाना व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ ।

नेपाल नेत्रज्योति संघ रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानिपुरले आफनो ५०औ बार्षिक उत्सवको उपलक्ष्यमा बारा जिल्लाका विभिन्न पालिकाका १४ जना अपांगता भएका व्याक्तिहरुलाई उनिहरुको घरमै पुगेर एक एक थान ह्वील चेयर वितरण गरेको हो ।

कलैया उपमहानगरपालिकाका ३ जनालाई , महागढीमाई नगरपालिकाका २ जनालाई , सिम्रौनगढ नगरपालिकाका १ जनालाई र आदर्शकोतवाल गाँउपालिकाका ८ जनालाई ह्वील चेयर प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।यस्तै आदर्शकोतवाल गाँउपालिकाका १ जनालाई लस्ट्रेचर प्रदान गरिएको उनले बताए ।

केडिया आँखा अस्पतालका प्रतिनिधि भरत ठकुर,सुशील पटेल,समाजिक अभियन्ता प्रकाश थारू,अपांग महासंघका सुनिल कुमार यादव,प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल,वडाध्यक्ष जवाहीर प्रसाद , मिथिला सारथी समाजका कोषाध्यक्ष जितेन्द्र पटेल सहितको टोलीले अपांगता भएका व्याक्तिहरुको घरघरमै पुगेर ह्वील चेयर र स्ट्रेचर प्रदान गरेको हो ।


सम्बन्धित समाचार