Logo

१० माघ, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टाछुट्टै स्थानबाट २ करोड मूल्य बराबरको खुद्रा सामग्री तथगा लत्ताकपडाहरु लोड भएको ट्रक तथा पिकअप नियन्त्रणमा लिएको छ ।

सोमबार वीरगन्ज महानगरपालिका वडा नंं २६ चण्डालचोक चोक स्थित सडकखण्डबाट बिआर ०५ जि ९४९१ नम्बरको पिकअप, ना ५ ख ३८४७ नम्बरको मालवाहक ट्रक र आर्दशनगर १० स्थित सडकखण्डबाट बा.प्र. ०३–ं००१ ख १२६४ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिल बिजक शङकास्पद देखिएकाले सो ट्रकहरु तथा पिकअप नियन्त्रणमा लिएको हो ।

बिल बिजक भन्दा बढि खुद्रा सामग्री तथा लत्ताकपडाहर लिएर ट्रकहरु तथा पिकअप काठमाण्डौँ तर्फ जादैँ गरेको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका प्रहरीको टोलीले के ईन्टरप्राइजेज ट्रान्सपोर्ट, बिएस ईन्टरनेशनल ट्रान्सपोर्टबाट पठाइएको सो ट्रकहरु तथा पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उक्त सामाग्रीको मूल्याङकन २ करोड १२ लाख ९२ हजार ४ सय ५२ कायम गरि थप अनुसन्धानका लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ


सम्बन्धित समाचार