Logo

१० माघ, वीरगञ्ज । वीरगन्जको आदर्शनगर रङ्गशालामा जारी प्याब्सन अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगितामा आज प्रि क्वाटर फाईनल चरणका तीन खेल सम्पन्न भएको छ ।

आज भएको प्रि क्वाटर फाईनल चरणको तेस्रो खेलमा ज्ञानज्योती मावि विजयी भएको छ । लिटल एन्जल्सलाई ३० रनले पराजित गर्दै ज्ञानज्योती मावि बिजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ज्ञानज्योतीले पुरै १५ ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । १३० रनको लक्ष्यका लागि सेकेण्ड इनिङमा ब्याटिङ गरेको लिटल एन्जेल्स भने पुरै ओभर खेलेर ६ विकेटको क्षतीमा ९९ रनमै समेटियो ।

लिटल एन्जल्सका आयुश गुप्ता म्यान अफ दि म्याच घोषित हुनुभएको हो । त्यस्तै आज भएको दोश्रोे खेलमा मुनलाईट मावि विजयी भएको थियो । हिमालयन स्कुललाई ५ विकेटले पछि पार्दै मुनलाईट विजयी भएको हो ।

खेलमा मुनलाईट माविका सेराज हवारी म्यान अफ लि म्याच घोषित हुनुभयो । यसअघि आजै सम्पन्न पहिलो खेलमा एम.ई.एस स्कुल विजयी भएको थियो । भोलीबाट भने क्वाटर फाईनलका खेलहरु सुरु हुने प्याब्सनका प्रवक्ता अशोक सग्रौंलाले जानकारी दिनुभयो । भोली पनि क्वाटर फाइनलका लागि ३ खेल हुने उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार