
६ चैत,वीरगञ्ज । औषधि अनुसन्धान विभाग, वीरगञ्जको टोलीले आज पोखरिया बजारमा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा मापदण्ड विपरीतका औषधि बिक्री वितरण गर्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिई औषधि जफत गरेको छ।
अनुसन्धान टोलीले पोखरिया बजारका विभिन्न औषधि पसलको पनि निरीक्षण गरेको थियो। सडकमा जथाभावी बेचिएका औषधिहरू स्वास्थ्यका लागि हानिकारक हुनसक्ने भएकाले त्यस्ता औषधि नकिन्न स्थानीयलाई आग्रह गरिएको छ।
विभागले जफत गरिएका औषधिका सम्बन्धित व्यक्तिलाई ७ दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। साथै, आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने विभागले जनाएको छ।