Logo

१६ माघ, वीरगञ्ज । यसबर्षको ‘गोतामे’ पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धनुषाकी अध्यक्ष एवं क्रियाशील पत्रकार मोनिका झालाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले अन्नपूर्ण पोष्ट दैनिकको मधेश व्युरो प्रमुखका रुपमा कार्यरत पत्रकार मोनिका झालाई प्रदान गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले समाजिक उत्तदायित्व अनुरूप अब्वल पत्रकारिता गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष छनौट गरि एक तोला सुनको तक्मा (स्वर्णपदक) प्रदान गर्दै आईरहेको छ ।

बीरगन्जका पत्रकार स्व. गोपालचन्द्र गौतमको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको हो । पुरस्कार आउने फागुन २ गते वितरण गरिने प्रतिष्ठानका अध्यक्ष जगदीश प्रसाद शर्माले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार