Logo

२९ चैत,काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रबार प्रसाईंलाई १२ दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। प्रहरीले दुवै जनालाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेको थियो।

यसअघि, सोही प्रदर्शनमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई गत चैत २६ गते अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। प्रहरीले मिश्र र जबराको म्यादसँगै प्रसाईंको म्याद मिलान गर्नका लागि १२ दिनको म्याद माग गरेको बताइएको छ।

भारतबाट पक्राउ परेका प्रसाईंलाई आजै जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो। प्रहरीले उनीमाथि राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार